नर्भिकमा उपचाररत एक महिलामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2020 | 03:51:23 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत बिरामीमा कोरोना भाइरसउको संक्रमण पुष्टि भएको छ । पार्किन्सन भएर उपचार गराउन आएकी हेटौंडा उपमहानगरपालिका ४ कि ६१ वर्षकी महिलामा कोरोना पुष्टि भएपछि नर्भिकले पाटन अस्पताल पठाएको छ । 

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहका अनुसार अस्पतालले बाहिरबाट आएका बिरामीलाई अनिवार्य आइसोलेशनमा राखेर कोरोना जाँच गर्ने नियम बनाएको र सोही अनुसार परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको बताउका छन् । पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार ती महिलालाई अहिले अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved