प्रदेश १ मा एकै दिन २२ सय बढीको कोरोना परीक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 05:41:12 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश १ मा कोरोना परीक्षणको दायरालाई फराकिलो बनाइएको छ । शुक्रबार एकै दिन २ हजार दुई सय पाँच जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो ।

 प्रदेश १ मा एकै दिन परीक्षण भएको यो अहिलेसम्मकै धेरै संख्या हो । आज प्रदेश १ मा ९५ जना कोरोना संक्रमित देखिएका छन् भने ३५ जना कोरोनामुक्त भएका छन् । हालसम्म प्रदेश १ मा ६२ हजार ६ सय ५१ जनाको कोरोना परीक्षण भएको कार्यालयले जनाएको छ । हालसम्म १ हजार ८ सय २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने निको हुनेहरुको संख्या एक हजार ७५ रहेको छ ।

प्रदेश १ मा सबैभन्दा धेरै मोरंगमा संक्रमण देखा परेको छ । त्यस्तै क्रमशः झापा, सुनसरी र उदयपुरमा संक्रमणको दर बढी छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved