लगानी गर्नेले नाफा र माहोल हेर्छन्, पार्टी र विचार हेर्दैनन् : अर्थमन्त्री पुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2024 | 07:57:39 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलन सबैको सामुहिक कार्यक्रम रहेको बताएका छन् । आज लगानी बोर्डले आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले लगानी सम्मेलन सत्तापक्ष र प्रतिपक्षको नभई सबैको सामुहिक भएको बताएका हुन् । 

अर्थमन्त्री पुनले लगानी सम्मेलनमा यो वा त्यो पार्टीको विचारको नभई आवश्यकता अनुसार सबैलाई समेटिएको बताए। सत्ता पक्ष वा प्रतिपक्ष नभनी सबैलाई उत्तिकै महत्व दिएर समेटिएको पुनले बताए 

पुंजीमैत्रीको विशेषता भनेको नै लगानीको सुरक्षा र प्रतिफल भएकाले विचार हेरेर लगानी नआउने बताए। मन्त्री पुनले चीन र भारतको उदाहरण दिएर नाफा र माहोल हेरेर मात्र त्यहाँ लगानी आएको बताए । त्यस्तै सरकार परिवर्तन हुँदैमा नीतिमा कुनै प्रभाव नपरेको उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved