कतारका अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक विदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2024 | 08:26:28 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन्।  कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी नेपाल आउन लागेका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्ने छन्। साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । 

कतारी अमिर पहिलो पटक नेपाल आउने भएपछि नेपाल सरकारले उनको सम्मानमा आज मंगलबार देशभर सार्वजनिक विदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कतारी अमिरको सम्मानमा आज देशभर सर्वजनिक विदा दिने निर्णय गरेको हो ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved