गृहमन्त्रालय विभिन्न पदमा झाडी २ हजार कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १ हजार ९ सय ८९ जना कर्मचारी माग गरेको हो ।
विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि दरखास्त आह्वान गरेको हो । जसमध्ये विभागले एमआईएस अपरेटर ९९४ जनाको माग गरेको छ भने फिल्ड सहायकका लागि ९९५ जना माग गरेको छ ।
एमआइएको लागि कम्प्युटर विषय लिई पल्स टु उतिर्ण गरेको हुनु पर्ने छ भने फिल्ड सहायकको लागि एसएलसी मात्र भए पुग्छ। विभागको वेबसाइट बाट नै भदौ ३१ गते सम्म आवेदन दिई सक्नु पर्ने छ ।