नीति तथा कार्यक्रममा एमालेको प्रतिक्रिया : दिशाहीन र गुदी नभएको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 06:27:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले आज संसदमा पेश गरेको नीति तथा कार्यक्रम दिशाहीन र गन्तव्यहीन भएको प्रतिक्रिया दिएका छन् ।

बिजपाटीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले नीति तथा कार्यक्रमले मुलुक नचिनेको बताए । 'यो नीति तथा कार्यक्रम दिशाहीन र गन्तव्यहीन छ,' पौडेलले भने, 'यसमा न कुनै गुदी कुरा छ, न कुनै सन्तुष्टि छ ।'

उनले सरकारले मुलुक नचिनेको आरोपसमेत लगाए । 'यो नीति तथा कार्यक्रम हेर्दा सरकारले मुलुक चिनेको छैन जस्तो लाग्यो,' पौडेलको प्रतिक्रिया छ ।

जेठ १५ गते आउने बजेटका लागि आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरेकी थिइन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved