बजेटले मुलुकले बोक्न नसक्नेगरी आर्थिक दायित्व सिर्जना गर्यो: विष्णु पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2022 | 12:40:15 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वअर्थमन्त्री तथा नेकपा(एमाले)का सांसद विष्णु प्रसाद पौडेलले सरकारको आ.व. २०७९÷८० को बजेटले मुलुकले बोक्न नसक्नेगरी आर्थिक दायित्व सिर्जना गरेको बताएका छन् ।  

मंगलबारको प्रतिनिधि सभा बैठकमा आ.व. २०७९÷०८० को राजस्व र व्ययको वार्षिक अनुमान माथि छलफलमा भाग लिदैँ सांसद पौडेलले वर्तमान सरकारले आफ्नो सिमा मिचेर पूर्ण अवधिको सरकारले जसरी बजेट प्रस्तुत गरेर मुलुकलाई धेरै आर्थिक दायित्व सिर्जना गरेको बताएका हुन् ।

उनले मंसिरमा प्रतिनिधि सभाको आयु सकिएर चुनाव हुनुपर्ने भन्दै वर्तमान सरकार चुनावी सरकार भएको बताए । बजेट संकटपूर्ण बन्दै गएको अर्थतन्त्रलाई ठिक बाटोमा फर्काउन तत्काल चाल्नुपर्ने कदममा केन्द्रीत हुनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । अर्थतन्त्रको चुनौतीलाई वेवास्ता गरिएको उनले उल्लेख गरे । सांसद पौडेलले बिना तयारीका दिर्घकालिन प्रकृतिका योजना र कार्यक्रमहरुका चाङ लगाइएको बताए ।

उनले आ.व. २०७९÷०८० को बजेट सत्तारुढ गठबन्धनको घोषणापत्र र चुनावी पर्चा जस्तो भएको टिप्पणी गरे। बजेटले मतदातालाई भ्रममा पारेर भोट बटुल्ने उद्देश्य राखेको उनको भनाई छ ।

उनले भने  – ‘यो चुनावी सरकार हो । तर पाँच महिनाको चुनावी सरकारले सिमा मिचेर भर्खर निर्वाचित भएको पूर्ण अवधिको सरकारले जसरी बजेट प्रस्तुत गरेको छ । भोली चुनावबाट आउने सरकार र मुलुकलाई नै बोकी नसक्नुको आर्थिक दायित्व सिर्जना गरेको छ । यो बजेट आगामी पाँच महिनाका लागि दैनिक प्रशासनिक खर्च, चालु आयोजनाको निरन्तरता र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म आवश्यक पर्ने खर्चका लागि स्रोत व्यवस्थापन र विनियोजनमा केन्द्रीत हुनुपर्दथ्यो । संकटपूर्ण बन्दै गएको अर्थतन्त्रलाई ठिक बाटोमा फर्काउन तत्काल चाल्नुपर्ने कदममा केन्द्रीत हुनुपर्दथ्यो । तर बिडम्बना अर्थतन्त्रका चुनौतीहरुलाई वेवास्ता गरिएको छ । र सस्तो लोकप्रियताका लागि अनुकुल ठानिएका र बिना तयारीका दिर्घकालिन प्रकृतिका योजना र कार्यक्रमहरुका चाङ लगाइएको छ । सारत्ः यो बजेट, बजेट नभएर सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्र जस्तो, चुनावी पर्चा जस्तो छ । यो मतदातालाई भ्रममा पारेर भोट बटुल्ने उद्देश्यले आएको छ । राज्यशक्ति र राज्यको स्रोतलाई दल विशेष वा दलहरुको गठबन्धनको हितमा दुरुपयोग गर्न पाइदैन । तर यहाँ त्यही नहुनुपर्ने भएको छ । राज्यको स्रोतलाई आफ्नो पक्षमा मतदाता रिझाउने उद्देश्यका लागि दुरुपयोग गरिएको छ । यस अर्थमा प्रस्तुत बजेटले बजेटको मर्म माथि नै प्रहार गरेको छ ।’

उनले राज्यको स्रोतलाई गठबन्धनको हितमा दुरुपयोग गरिएको आरोप लगाए । बजेटले बजेटको मर्म माथि नै प्रहार गरेको उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved