३ लघुबीमा कम्पनीले पुँजी पुर्याउन सकेनन्, प्राधिकरणले दियो थप ४५ दिनको समय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2023 | 12:09:45 PM मा प्रकाशित

laxmi  sunrise bank

तोकिएको पुँजी पर्याउन नसकेका लघुबीमा कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले समय थप गरिदिएको छ। प्राधिकरणले पुँजी पुर्याउन नसकेका स्टार माईक्रो इन्स्योरेन्स, ट्रष्ट माईक्रो इन्स्योरेन्स र लिर्बटी माईक्रो इन्स्योरेन्सलाई थप समय दिएको हो । 

पहिलोपटक तोकेको समयमा पुजीँ पुर्याउन नसकेका तीन कम्पनीलाई थप ४५ दिनको समय थप गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उनले भने, ‘पुजीँ जुटाउन समय थप गरि पाउँ भनेर निवेदन गरेपनि हामीले थप ४५ दिनको समय दिएका हौँ।’ उनका अनुसार  प्राधिकरणले हिजो आइतबार समय थप गर्ने निवेदन स्वीकृत गरेको हो। यसको ४५ दिनमा कम्पनीहरुले पुजीँ पुर्याउनुपर्ने छ।

स्टार माईक्रो इन्स्योरेन्स, ट्रष्ट माईक्रो इन्स्योरेन्स र लिर्बटी माईक्रो इन्स्योरेन्सले तोकिएको पुजीँ पहिलो पटक दिईएको समयमा पुर्याउन नसकेपछि समय थप भएको हो। प्राधिकरणले माघ २२ गते ४५ दिनको समय दिएर मापदण्ड अनुसार ७५ करोड रुपैयाँ पुजीँ बैंकमा जम्मा गर्न निर्देशन दिएको थियो। 

निर्देशक पौडेलका अनुसार पुजीँ बैंक खातामा जम्मा गर्ने समय ६ महिनाको हुन्छ। त्यसमा पहिलो पटक दिएको समयअवधिमा नसकेपछि पुनः समय थप गरिएको हो। प्राधिकरणका अनुसार कम्पनीका ठूला शेयरहोल्डर कम्पनीहरुले कर चुक्ता गर्ने समय र आर्थिक मन्दीको कारण सहजै स्रोत जुटाउन नसकेको भन्दै समय थप गर्न निवेदन दिएका थिए। 

पुजीँ जुटाउन नसकेका तीन कम्पनीका ठूला शेयरधनी को हुन? 

स्टार माइक्रो इन्स्योरेन्स

निर्जीवन लघुबीमा गर्ने उद्देश्यले अनुमति पाएको यस कम्पनीमा सर्वाधिक सेयर घान्द्रुक इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड, कल्याणी क्यापफिन, तथा लोबुचे इन्भेष्टमेन्ट कम्पनीको रहेको छ। तीन कम्पनीको यो लघुबीमामा ११ लाख २५ हजार कित्ताका दरले संस्थापक सेयर लगानी रहेको छ। घान्द्रुकको संचालकमा रेणु अग्रवाल छिन्। कल्याणी क्यापफिनमा रितेश प्रधान र लोबुचेमा श्रेया रुंगटा संचालक छिन्।

ट्रष्ट माइक्रो इन्स्योरेन्स

यो कम्पनीमा सफारी इन्भेष्टमेन्ट र रिजेन्सी फिनक्रप प्राइभेट लिमिटेडको सबैभन्दा बढी ९÷९ लाख कित्ता शेयर रहेको छ। सफारी इन्भेष्टमेन्टको संचालकमा सैलेश अग्रवाल छन्। रिजेन्सीमा रचित अग्रवाल संचालक छन्। 

लिबर्टी माइक्रो लाइफ

यो कम्पनीमा रेमी क्याफिन कम्पनीको सबैभन्दा बढी ९ लाख कित्ता सेयर लगानी रहेको छ। त्यस्तै यो कम्पनीको दोस्रोमा धेरै शेयर रिफलक्स क्याफिन र लाङटाङ इन्भेष्टमेन्टको ८ लाख ७५ हार कित्ता, पालडोर इन्भेष्टमेन्टले ८ लाख ७१ हजार कित्ता, गति फिनक्रपले ६ लाख ६४ हजार कित्ता, कविता लोहनीले ५ लाख कित्ता, गोदावरी फिनक्रपले २ लाख ५० हजार कित्ता र लक्ष्मी बैंकले ७४ हजार ५०० कित्ता संस्थापक सेयर लगानी छ। रिफलक्सको संचालकमा सैलेश अग्रवाल, फिनक्रपको मनोजकुमार अग्रवाल र लाङटाङको संचालकमा श्रेया रुंगटा सञ्चालक छन्। 

  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved