पब्लिक कम्पनी बन्न राष्ट्रिय बीमा संस्थानले विशेष साधारणसभा नै गर्न सकेन, 'टेकओभर'को चर्चा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2023 | 01:23:25 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा ऐन २०७९ मा भएको प्रावधान बमोजिम सरकारी स्वामित्वको जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थान आगामी कात्तिक २३ गतेभित्र पब्लिक कम्पनीमा रुपान्तरण हुनुपर्ने व्यवस्था छ । विशेष साधारणसभा गरेर पब्लिकमा जाने तयारीमा रहेको संस्थानको साधारणसभा भने पटक पटक स्थगित हुँदा संस्थानको भविष्यमाथि नै प्रश्न चिन्ह उठ्न थालेको छ । 

एकातिर विशेष साधारणसभा बस्न नसकेर पब्लिक कम्पनीमा गईसक्नु पर्ने समय घकर्दै छ भने अर्को तर्फ बीमा प्राधिकरणले आर्थिक विवरण मगाएपछि बजारमा 'टेकओभर'को चर्चा चल्न थालेको छ। दशवर्षयता लेखापरिक्षण नै गर्न नसकेको यस संस्थानको वित्तीय स्वास्थ्य सही नभएको भन्दै बीमा प्राधिकरणले यससम्बन्धी फाइल मगाएको छ । प्राधिकरणका अनुसार गतसाता संस्थानलाई यथार्थ वित्तीय अवस्था र अहिलेसम्मको प्रगति विवरण पेश गर्न निर्देशन दिइएको हो । प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले कम्पनीलाई वित्तीय विवरण पेश गर्न निर्देशन दिइएको जानकारी दिए । 

लामो समयदेखिको लेखापरीक्षण गर्न नसकेको बीमा संस्थानको वित्तीय अवस्था नाजुक भएको भन्दै यससम्बन्धमा सम्पूर्ण जानकारी माग गरिएको कार्यकारी निर्देशक पौडेल बताउँछन् । संस्थानलाई वित्तीय अवस्थाबारे जानकारी माग गरिएपनि प्राधिकरणले नियन्त्रणमा लिने भन्ने कुनै निर्णय नभएको उनको भनाई छ । 

यता, बीमा संस्थानका प्रशासक कवि पाठक बीमा प्राधिकरणबाट संस्थानको वित्तीय विवरण माग गरिएको बताउँदै आफूहरु पठाउने तयारीमा रहेको बताउँछन् । उनले संस्थान विशेष साधारणसभाबाट निर्णय गरेर पब्लिक कम्पनीमा रुपान्तरण हुने गरी अघि बढेको बताए । साधारणसभामा लैजाने प्रस्तावका विषयमा यसअघि नै संस्थानले अर्थमन्त्रालयमा पठाइसकेको पाठकले दोहोर्याए । नेपाल सरकारको स्वामित्वमा रहेको संस्थान भएकाले सरकारको तर्फबाट स्वीकृत भएपछि सभा बस्ने बाँकी प्रक्रिया अघि बढ्ने उनको पुरानै भनाई छ ।त्यस्तै संस्थानका व्यवस्थापक भोलानाथ घिमिरे पनि साधारणसभाका लागि मन्त्रिपरिषदको निर्णयको पखाईमा रहेको बताउँछन् । 

२०७९, असोज २३ गते जारी भएको बीमा ऐन, २०७९ को दफा १७२ को उपदफा ३ क बमोजिम संस्थान कार्तिकको २३ गतेसम्म कम्पनीमा रुपान्तरण हुनुपर्ने छ । साथै हाल २० करोड मात्रै चुक्ता पूँजी रहेको यस संस्थानले नियामक निकाय बीमा प्राधिकरणले तोके बमोजिम चुक्तापूँजी पनि ५ अर्ब पुर्याउनु पर्नेछ । 

संस्थापकले पुँजी थप्ने र सर्वसाधारणलाईलाई शेयर निष्काशन गरेर पूँजी पुर्याउने योजना संस्थानको छ । संस्थानले संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णय बमोजिम कार्य योजना तयार गरी नेपाल सरकार अर्थ मन्त्रालयमा पेश गरेको छ ।

संस्थानले यसअघि असोज १५ गते र असोज २९ गते विशेष साधारणसभा बोलाएको भएपनि उक्त सभा स्थगित हुँदै आएको छ । सरकारी स्वामित्वको बीमा कम्पनी भएको हुनाले यसमा अर्थमन्त्रालय वा सरकारको निर्णय नै निर्णायक हुने प्राधिकरण र संस्थानको भनाई छ ।

यस अघि :-

बीमा संस्थानको विशेष साधारणसभा अनिश्चित, तोकिएकै समयमा पब्लिक कम्पनी बन्नेमा आशंका

बीमा संस्थानको विशेष साधारणसभा फेरि स्थगित

पब्लिक कम्पनीमा परिणत हुँदै बीमा संस्थान, डेढ अर्बको आईपीओ निष्काशन तयारी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved