राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा प्रकाश कुमार अधिकारी नियुक्त भएका छन् । नेपाल बैंकको तर्फबाट कम्पनीको सञ्चालकमा अधिकारी चयन भएका हुन् ।
वैशाख ११ गते मंगलबारबाट लागुहुनेगरी अधिकारी कम्पनीको सञ्चालक चयन भएका हुन् । उनले मंगलबार नै कम्पनीका अध्यक्ष दिनेश उपध्याय समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
अधिकारी नेपाल बैंकको प्रवक्ता समेत हुन् ।
यसअघि नेपाल बैंकको तर्फबाट विश्वराज बराल कम्पनीको सञ्चालक थिए । उनको ठाउँमा बैंकले अधिकारीलाई पठाएको हो ।