विश्वकप फाइनलमा आज फ्रान्स र अर्जेन्टिना भिड्दै, तेस्रो पटक उपाधि जित्ने दुवै टिमको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2022 | 01:11:08 PM मा प्रकाशित

laxmi  sunrise bank

 विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै छन्। यी दुवै टोलीले यस अघि २ वटा विश्वकप जितिसकेकोले जुन देशले उपाधि जिते पनि यो तेस्रो उपाधि हुने छ ।

अर्जेन्टिनाले सन् १९८६ र १९७८ मा उपाधि जितेको थियो । सन् १९९० र २०१४ मा अर्जेन्टिना फाइनलमा पुगेपनि उपाधि जित्न भने सकेन। त्यस्तै फ्रान्सले सन् २०१८ र १९९८ मा विश्वकप जितेको थियो । २००६ मा फ्रान्स फाइनलमा पुगे पनि उपाधि भने जित्न सकेन । 

अर्जेन्टिना ३६ वर्षपछि उपाधि जित्न चाहन्छ भने २०१८ को उपाधि जितेको फ्रान्स उपाधि रक्षा गर्ने होडमा छ । अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले फाइनल खेलपछि आफुले सन्यास लिने बताईसकेका छन् । स्टार खेलाडी मेस्सीको लागि पनि उपाधि जित्ने दाउमा अर्जेन्टिना रहेको छ ।  सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई र अर्जेन्टिनालाई क्रोएसियालाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।   

अर्जेन्टिना समुह सीको बिजेता बन्दै नक आउट प्रवेश गरेको हो । अर्जेन्टिनाले समुह चरणमा पोल्याण्ड र मेक्सिकोलाई हराएको थियो भने साउदी अरेबियासँग हारेको थियो । अर्जेन्टिनाले राउण्ड अफ १६ मा अष्ट्रेलियालाई २-१ ले हराउदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । क्वाटरफाइनलमा नेदरल्याण्डलाई पेनाल्टीमा हराउदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराउदै अर्जेन्टिना फाइनल पुगेको हो ।

फ्रान्स भने समुह डिको बिजेता भन्दै राउण्ड अफ १६ प्रवेश गरेको थियो । फ्रान्सले समुह चरणमा अष्ट्रेलिया र डेनमार्कलाई हराएको थियो भने ट्युनिसियासँग पराजित भएको थियो । राउण्ड अफ १६ मा फ्रान्सले पोल्याण्डलाई हराउदै  क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।  क्वाटरफाइनलमा इंग्ल्यान्डलाई हराउदै सेमिफाइनलमा पुगेको फ्रान्सले सेमिफाइनलमा मोरोक्कोलाई हराएको थियो ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved