कतारमा सम्पन्न विश्वकप पुटबलमा अहिलेसम्मकै सर्वाधिक गोल रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2022 | 06:18:06 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा सम्पन्न विश्वकप फुटबलमा अहिलेसम्मकै सर्वाधिक गोलको रेकर्ड कायम भएको छ । यो बर्ष कतारमा सम्पन्न विश्वकपमा १७२ गोलको कीर्तिमान् बनेको छ । 

आइतबार राति भएको अर्जेन्टिना र फ्रान्सबीच भएको विश्वकप फाइनलमा दुबै टीमले बराबर तीन गोल गर्दै कूल छ गोल गरी खेललाई सनसनीपूर्ण र रोमाञ्चक बनाएका थिए । फाइनल खेलको अतिरिक्त ३० मिनेटमा पनि गोल अन्तर बराबर बनेपछि भएको ‘पेनाल्टी सुट आउट’मा साविक विजेता फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना उपाधि चुम्न सफल भएको हो ।

कतार विश्वकप अहिलेसम्मकै सर्वाधिक गोल गर्ने प्रतियोगिता भएको छ ।

सन् २०२२ को विश्वकपमा १७२ गोल भएको छ । सन् १९९८ र २०१४ को खेलहरूमा भएका समान १७१ गोलभन्दा यो एक गोल मात्र बढी हो । स्पेनले कोस्टारिकालाई ७–० ले हराएको र इंग्ल्यान्डले इरानमाथि ६–२ को जित हात पार्दा पनि समूह चरणमा ६ गोलरहित बराबरी खेल भएका थिए । 

सन् २०२६ को संस्करणमा लगभग निश्चित रूपमा गोलको नयाँ रेकर्ड हुनेछ किनकि विश्वकप ४८ टोलीमा विस्तार हुनेछ । यसको अर्थ न्यूनतम ८० खेलहरूको साथ हुने प्रतियोगिताले धेरै गोल पाउने नै छ । 

फिफाले १२ टोलीको चार समूह वा १६ टोलीको तीन समूहमा खेलाउने निर्णय गर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved