अन्नपूर्ण आधार शिविरमा हिमपातका कारण फागुनदेखि बन्द रहेका होटेल आगामी भदौ १ बाट सञ्चालनमा आउने भएका छन् ।हिउ ‘ओभर फ्लो’ भएर बन्द भएका ४ वटा होटलको पुनर्निर्माण सकिएकाले भदौ १ बाट सञ्चालन गर्न लागिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ ।
टानका मिडिया तथा कम्यूनिकेसन विभाग संयोजक गोपाल श्रेष्ठका अनुसार सो क्षेत्रका व्यवसायीले भदौ १ बाटै पूर्णरुपमा होटल सञ्चालनमा ल्याउने जानकारी दिएका छन् ।
नेपालको विश्वस्तरीय २ पदमार्गमध्ये अन्नपूर्ण पनि एक हो ।