टानमा राजस्व विभागको छापा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2021 | 03:51:49 PM मा प्रकाशित

laxmi  sunrise bank

पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को केन्द्रीय कार्यालयमा राजस्व विभागले छापा मारेको छ । विभागले शुक्रबार दिउँसो कार्यालयमा छापा मारी विभिन्न कागजपत्र नियन्त्रणमा लिएको छ ।

पदयात्रामा जाने पर्यटकहरूबाट २०६६ सालदेखि उठाउँदै आएको टिम्स वापतको रकम अपारदर्शी भएको भन्दै व्यवसायीले उजुरी गरेका थिए । व्यवसायीकै उजुरीका आधारमा आज शुक्रबार दिउँसो विभागले छापा मारेको हो ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार टिम्स कार्ड वापतको हिसाब विभागले लिएको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved