बैंक अफ काठमाण्डूको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2021 | 04:13:59 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूको लाभांश पारित भएको छ । बैंकको २७औं वार्षिक साधारण सभाले २०७८ आषाढ मसान्तसम्ममा कायम भएको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको हो ।

बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले समितिको प्रतिवेदन पारित गरेको छ । 

बैंकले हाल ९१ शाखा, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved