सबैको लघुवित्तको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2021 | 05:31:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्त SABAIKO LAGHUBITTA BITTIYA SANSTHA  को लाभांश पारित भएको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष सृजना जोशीको अध्यक्षतामा सम्पन्न पाँचौं वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो ।

संचालक समितिले प्रस्ताव गरे बमोजिम संस्थाको २०७८ आषाढ मसान्तको चुक्ता पूँजी २० करोड ६० लाख २७ हजार २५० को १.६३ प्रतिशतले हुन आउने ३३ लाख ६६ हजार ९८६ रुपैयाँ ८४ नगद लाभांश पारित गरेको हो ।

३१.०५ प्रतिशतले हुन आउने रु. ६ करोड ३९ लाख ७२ हजार ७ सय ५० बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ ।

कम्पनीले श्रेष्ठ एण्ड न्यौपाने एसोसियट, चार्टर्ड एकाउण्टेण्टसलाई लेखापरीक्षकमा नियुक्त गरेको छ ।

संस्थापक शेयरधनीको प्रतिनिधित्व हुने गरी संस्थापक समूहबाट सञ्चालकमा सृजना जोशी, नारायण प्रसाद जोशी, जीवमूर्ति पन्त, प्रदीप सिग्देल शर्मा निर्विरोध निर्वाचित भएका थिए ।

साधारणसभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिएका थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved