२५ जना भन्दा बढी भेला हुन नपाइने भएपछि भर्चुअल साधारणसभा गर्दै नेप्सेमा सुचिकृत कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2022 | 09:34:42 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत  कम्पनीहरुले आफ्नो साधारणसभा भर्चुअल रुपमा गर्नको लागि सूचना सार्वजनिक गर्न थालेका छन् । सरकारले कोरोना रोकथाम र नियन्त्रण सम्बन्धमा नयाँ आदेश जारी गर्दै २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कनै पनि किसिमको मेला. भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्ने, नगराउने निर्देशन दिएपछि कम्पनीहरुले भर्चुअल साधारणसभाको बाटो रोजेका हुन्  । 

हालसम्म मैलुङ खोला हाइड्रो, सानिमा जनरल इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन पावर पार्टनर, गुडविल फाइनान्स, सिभिल बैंक, र सिद्धार्थ बैंकले भर्चुअल रुपमा साधारणसभा गर्ने सूचना प्रकाशन गरेका छन्  । सरकारले २५ जना भन्दा बढी उपस्थित हुन प्रतिबन्ध लगाएपछि साधारणसभा गर्न बाँकि सबै कम्पनीहरुले भर्चुअल रुपमा नै साधारणसभा गर्ने अनुमान गरिएको छ  । 

गत वर्ष पनि कोभिडको संक्रमण बढ्दै गएको समयमा कम्पनीहरुले भर्चुअल रुपमा नै साधारणसभा गरेका थिए  । भर्चुअल रुपमा साधारणसभा गर्दा कम्पनीहरुको खर्च समेत घट्ने छ  । 

आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा सम्पन्न गरि सक्नु पर्ने प्रावधानको कारण पुस अन्तिम साताको लागि धेरै कम्पनीले साधारणसभा आह्वान गरेका छन्  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved