नेशनल माइक्रोफाइनान्स लघुवित्तको बार्षिक साधारणसभा सम्पन्न,लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2023 | 09:35:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नबौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।  बैशाख १५ गते धादिङ्गको रिसोर्टमा उक्त साधारणसभा  सम्पन्न भएको हो ।

सन्चालक समितीका अध्यक्ष केशव प्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले आ.व.२०७८।०७९ को नाफावाट शेयरधनीलाई १५ प्रतिशतले हुन आउने रु.८८००१२४६।०३ बोनस शेयर जारी गरि संस्थाको चुक्ता पुंजी रु. ६७४६७६२१९।५३ पुर्याउने प्रस्ताव पारित गरेको छ । साथै सभाले आ.व.२०७८।७९ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सहितको बित्तीय विवरणहरु पारित गरेको छ । 

२०७९ चैत्र सम्ममा देशको सात वटै प्रदेश हिमाल, पहाड र तराईमा गरि ६४ वटा जिल्लामा १०१ वटा शाखा कार्यालय मार्फत करिव १ लाख ५० हजार  विपन्न परिवारलाई सेवा पुरयाईरहेको छ । यस्तै यस अवधीमा संस्थाले ८१ हजार भन्दा बढि सदस्य हरुलाई विभिन्न परियोजना संचालन गर्नका लागि रु ११ अर्ब २६ करोड कर्जा लगानीमा रहेको छ भने ग्राहक सदस्यहरुबाट कुल बचत ३ अर्ब २३ करोड संकलन गर्न सफल भएको साथै संस्थाले एक वर्ष अगाडी महिला सहयात्रा लघुवित्तलाई मर्ज गरि हाल समिट लघुवित्त संस्थालाई गाभिने प्रकृयामा रहेको जानकारी गराउदै आउदो दिनमा संस्थालाई अझ सवल र सक्षम वनाउदै बिशेष गरि Credit Plus Activities df Focus गरि सदस्यहरुको व्यवसायिक विकाश लगायत प्रविधीको उच्चतम प्रयोग गरि अगाडी बढने योजना रहेको कुराको जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले बताए।  



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved