पिपुल्स हाइड्रोको सञ्चालकमा केशव भण्डारी र रामशरण अधिकारी निर्विरोध निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2023 | 03:27:54 PM मा प्रकाशित

laxmi  sunrise bank

पिपुल्स हाइड्रोपावर कम्पनीको लिमिटेडको सञ्चालकमा २ जना निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण सेयर धनीका तर्फबाट केशव प्रसाद भण्डारी र रामशरण अधिकारी कम्पनीको सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् । 

सर्वसाधारण सेयर धनीको तर्फबाट २ जना सञ्चालक निर्वाचित हुने प्रावधान भएपनि ३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । ३ जनामध्ये कृष्णप्रसाद अधिकारीले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि केशव प्रसाद भण्डारी र रामशरण अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । 

भण्डारी कामना सेवा विकास बैंकका पूर्व सञ्चालक र महुली लघुवित्त वित्तीय संस्थाका पूर्व स्वतन्त्र सञ्चालक हुन् ।

कम्पनीको साधारणसभा असार ४ गते हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved