मर्जर प्रस्ताव सहित सामुदायिक लघुवित्तले बोलायो विशेष साधारण सभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2023 | 10:44:35 AM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बिपिडब्लु लघुवित्त वित्तीय संस्थासँग मर्जमा जाने प्रस्तावसहित साधारणसभा बोलाएको छ ।  कम्पनीले असोज ३० गते मंगलबार, होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा सेयरधनीहरुलाई बोलाएको हो ।

सभाले बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको १ कित्ता शेयर बराबर ०.८५३५ शेयर कित्ता शेयर प्रदान गरी विपिडब्लू लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने  विशेष प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै सभाले गाभिएपश्चात गठन हुने सञ्चालक समितिको कार्यकाल, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

विशेष साधारण सभा प्रयोजनका लागि लघुवित्तले असोज २१ गते बुकक्लोज गर्ने जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved