चिनी उद्योगीलाई पक्राउ गर्ने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2020 | 03:12:48 PM मा प्रकाशित

laxmi  sunrise bank

उखु किसानलाई रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने सरकारले निर्णय गरेको छ । मंगलबार दिउसो गृह, उद्योग तथा कृषि मन्त्रीबिच भएको छलफलपछि भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय भएको हो । 

गत वर्ष सरकारले गरेको सहमति अनुसार चिनी मिल सञ्चालकले रकम भुक्तानी नदिएको भन्दै आईतबारदेखि उखु किसानहरुले माइतीघर मण्डलाई शान्तिपूर्ण रुपमा आन्दोलन गरेका छन् । विभिन्न चिनी मिलबाट ९२ करोड बढी रकम भुक्तानी गर्न बाँकी रहेको भन्दै किसानहरु आन्दोलीत बनेका हुन् । 

मंगलबार दिउसो ३ बजे चिनी उद्योगी, उखु किसान र उद्योग मन्त्रालयका अधिकारीबिच मन्त्रालयमा छलफल सुरु भएको उद्योग मन्त्रालयले जनाएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved