मन्त्रीलाई सांसदको प्रश्न 'चिनी उद्योगीले फोन नबोक्दा पक्राउ गर्न नसकिएको हो?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 04:53:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सांसदहरुले किसानलाई उखुको रकम भुक्तानी नगर्ने पाँच चिनी मिलका सञ्चालकलाई पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरूले यस्तो धारणा राखेका हुन् ।

पाँच वर्षदेखि किसानलाई भुक्तानी गर्नुपर्ने करोडौँ रकम भुक्तानी नगरेको भन्दै सांसदहरुले तत्काल पक्राउ गरेर कानुनी कारवाही गर्न आग्रह गरेका हुन् । सांसद प्रकाश रसाइली (स्नेही)ले देशकै ठूला घरानाका व्यवसायीहरु भनेर सरकारबाट विभिन्न काममा भन्सार छुट पाएका व्यवसायीहरुले नै किसानलाई रकम भुक्तानी नगरेको भन्दै व्याजसमेत फिर्ता गर्नुपर्ने धारणा राखेका थिए । 

‘सरकारबाट गाडीदेखि चलकेटमासम्म छुट लिने, चिनी मिल सञ्चालन गरेर करोडौँ रकम कमाउने तर काम गरेर परिवार चलाउने श्रमिकलाई ५ वर्षदेखि रकम भुक्तानी नगर्ने’, उनले भने, ‘अस्तीसम्म रकम भुक्तानी नगर्ने, पुलिसले पक्राउ गर्ने भनेपछि रकम भुक्तानी गर्छु भन्नु कति उपयुक्त हो । पाँच वर्षसम्म किन रकम भुक्तानी दिईएन, यसमा सरकारकै मिलोमोतो छ । दिन हैन घन्टाभित्र पक्राउ गरेर कारवाही गर्नुपर्छ ।’

उनले प्रश्न गर्दै भने 'उद्योगबाट कमाएको लाखौँ रकम अन्यत्र थुपार्ने (लगानी गर्ने) र देशकै ठूलो व्यापारिक घराना हुँ भन्दै हिड्ने तर किसानलाई दिनुपर्ने ३५ करोड रकम भुक्तानी किन गरिएन?' उनले श्रीराम सुगर मिलका प्रतिनिधिलाई औल्याउँदै कारबाही गरेर सरकारले दिएको छुट सम्म र्फिता गर्नुपर्ने बताएका छन् ।

यसैगरी सांसद बिन्दा पाण्डेले सर्वसाधरणलाई फोन ट्याप गरेर समेत पक्राउ गर्न सक्ने सरकारले व्यवसायीलाई पक्राउमा गरेको ढिलाईबारे असन्तुष्ठी व्यक्त गरेकी थिईन् । सरकारलाई व्यङग गर्दै उनले भनिन् 'प्रहरीले सामान्य जनतालाई फोन ट्याप परेर पक्राउ गरेको भनेको सुनिथ्यो, ठूला व्यापारिले फोन नबोक्दा पक्राउ गर्न नसकिएको हो?' 

यसैगरी सांसद अमृता देवी अग्रहरी तथा दुर्गाकुमारी विश्वकर्माले तीन वर्षदेखि उखु किसानको समस्या समाधान हुन नसकेको भन्दै अर्काे वर्षदेखि किसानले आसु झान नपर्ने गरी समस्या समाधान गर्न आग्रह गरेका छन् । वर्षेपिच्छे काठमाडौँ आएर आन्दोलन गर्नुपरेको भन्दै काठमाडौँ आउन लागेको खर्च र उद्योगीले दिनुपर्ने रकमको व्याजसहित भुक्तानी गर्नुपर्ने उनीहरुको माग छ । 

बैठकमा सांसद भीमसेनदास प्रधानले उद्योगीको सम्पत्ति सरकारले राखेर भएपनि उखु किसानले पाउनुपर्ने बक्यौता रकम भुक्तानी गर्न आग्रह गरे । यसैगरी सांसद किसान श्रेष्ठले उद्योगीहरुले उद्योगमा भएको चिनी बिक्री गरेर अन्यत्र लगानी गरेको भन्दै तत्काल पक्राउ गरेर रकम भुक्तानी गर्न उद्योगमन्त्रीको ध्यानाकर्षण गराए । 

उनले भने 'गत वर्ष समितिको बैठकमा उद्योगमा चिनी रहेको र सोही चिनी बिक्री गरेर भुक्तानी गर्ने बताईएको थियो, अहिले चिनी बिक्री भैसक्यो भनिएको छ, गत वर्ष बिक्री गरेको चिनीको पैसा कता गयो?'  उनले प्रश्न गर्दै किसानहरुको समस्या समाधान गर्दै अर्काे वर्ष काठमाडौँ आउने बाटो बन्द गर्नुपर्नेमा जोड दिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांक अनुसार महालक्ष्मी सुगर मिलको २० करोड, लुम्बिनी चिनी मिलको ८ करोड ४१ लाख, इन्दिरा सुगर मिलको ४करोड ७० लाख, अन्नपूर्ण सुगर मिलको १७ करोड र श्रीराम सुगर मिलको ३५ करोड गरी पाँच चिनी मिलबाट ६५ करोड ३१ लाख रकम भुक्तानी गर्न बाँकी रहेको छ । गत वर्षको पुस १८ गते सरकार, चिनी मिल र उखु किसानबीच भएको सम्झौता अनुसार रकम भुक्तानी नपाएको भन्दै गत आईतबारदेखि उखु किसानहरुले काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved