केरुङ नाकामा देखियो चुनावको असर, नेपाली नागरिकलाई जान रोक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2017 | 11:16:58 AM मा प्रकाशित

laxmi sunrise bank

नेपालको उत्तरी सीमा रसुवागढी नाकाबाट स्थानीय बासिन्दाबाहेक अन्य नागरिकलाई केरुङ जान रोक लगाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलका अनुसार आगामी कात्तिक १ गतेदेखि चीनमा हुने नेशनल कंग्रेसको चुनावलाई मध्यनजर राखी फाटफुटरुपमा घुम्न केरुङ जाने नेपालीलाई मितेरी पुलबाट नछोड्न चिनियाँ अधिकारीले आग्रह गरेका कारण केही समयका लागि अस्थायी पास भएका व्यक्तिलाई केरुङ जान रोक लगाइएको हो।

 सामान लिने कन्टेनर र स्थायी पास भएका रसुवाली नागरिक भने निर्वाधरुपमा आवतजावत भइरहेको सहायक प्रजिअ पौडेलले बताइन्। नेपाली बजारका लागि सामान लिन केरुङ गएका ट्रक र कन्टेनर भने फाटफुटरुपमा भन्सार हातामा भित्रिरहेको बताउँदै जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले चिनियाँ पक्षले अन्य थप जानकारी सीमा क्षेत्रमा नगराएको बताए। रासस


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved