चीनको हुवासिनले सिमेन्ट उद्योगमा १५ अर्ब लगानी गर्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 28, 2017 | 08:57:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट नारायणी प्रालिबीच आज प्रारम्भिक सम्झौता भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीकातर्फबाट समुन्द्रपार विकास निर्देशक ल्यू च्याङ्बोले प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर गर्नुभएको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए।

लगानी बोर्डले उक्त कम्पनी स्थापना गर्नका लागि १५ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको थियो । उक्त कारखानाबाट पहिलो चरणमा तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

धादिङको पानीखर्कमा चुनढुंगा खानी उत्खनन गर्न अनुमति दिइएको थियो । सम्झौताअनुसार परियोजनाको कूल लागतको ०.२ प्रतिशत हुन आउने तीन करोड बराबरको रकम नेपाल सरकारलाई बुझाउने लगानी बोर्डले उल्लेख गरेको छ ।

उक्त कम्पनीले नेपाल सरकारलाई रु ६० करोड भुक्तानी गरी खानी प्राप्त गरेको हो । सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको सन्देश गएको बताए। रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved