बेतन कर्णाली जलबिद्युत आयोजनाको लागी बित्तीय स्रोत जुट्यो, कसको कति लगानी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 12, 2018 | 03:19:17 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी सञ्चय कोष र नेपाल एसबीआई बैंक लिमिटेड तथा नबिल बैंक लिमिटेड बीच सुर्खेतमा बन्न लागेको बेतन कर्णाली जलबिद्युत आयोजनाको लागी बित्तीय स्रोत जुटाउने विषयमा समझदारी भएको छ । आयोजनाका लागी आवश्यक कूल ऋण मध्ये आशिंक ऋण (२५ अर्ब रुपैया सम्म) बैकिङ्ग सहबित्तीयकरण समुह गठन गरि ऋण व्यवस्थापन गर्ने समझदारी पत्रमा बिहिबार हस्ताक्षर भएको हो । 

समझदारी पत्रमा कर्मचारी सञ्चय कोषका तर्फबाट कार्यवाहक प्रशासक दीपक रौनियार, नेपाल एसविआई बैंक लिमिटेडको तर्फबाट प्रबन्धक संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर र नविल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरे । 

बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपवर कम्पनी लिमिटेडको अधिकृत पूँजी २० अर्ब र जारी पूजी १० अर्ब रुपैयाँ रहेको छ । कोषमा रकम जम्मा गर्ने ५ लाख ५० हजार सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत, सञ्चय कोषको १५ प्रतिशत, नेपाल बिद्युत प्राधिकरण १० प्रतिशत, बिद्युत उत्पादन कम्पनीको १० प्रतिशत शेयर रहेको छ । बाँकी २५ प्रतिशत सर्बसाधारण, आयोजना प्रभावित जिल्लाका वासिन्दा र अति बिपन्न परिवारको शेयर स्वामित्व रहनेछ । आयोजनाको कुल लागत प्रतिबेदन तयार भईनसकेपनि करिव ७० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । 

नेपाल एसबीआई बैंक लिमिटेड तथा नबिल बैंक लिमिटेडले अन्य वाणिज्य बैंकहरुसंग सहकार्य मार्फत सहबित्तीयकरण समुह गठन गरी लगानी जुटाउने समझदारीमा उल्लेख छ । समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लि.का अध्यक्ष तथा कर्मचारी सञ्चयकोषका संचालक प्रा.डा. डिल्ली राज शर्मा पनि सहभागी थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved