भारतीय रिजर्भ बैंकका सञ्चालक मध्येका एक राजीव कुमारले नेपालमा रहेको प्रतिबन्धित भारु साट्न आफुले पहल गर्ने बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले नेपालमा रहेका प्रतिबन्धित भारु सटहीको प्रस्ताव बोर्डमा लैजाने प्रतिबद्दता जनाएका हुन् । यस सानै नेपालमा रहेको भारु साटिने सम्भावना केहि हदसम्म बढेको छ ।
भारतीय नीति आयोगका उपाध्यक्ष समेत कुमारले नेपालमा सानो परिमाणमा प्रतिबन्धित भारु रहेकोले त्यसले सटही सुविधा पाउनुपर्ने बताएका हुन् । कार्यक्रममा योजना अयोगका पूर्वउपाध्यक्ष तथा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्रीले भारु नसाटीनुको कारण माग गरेका थिए ।
नेपालमा बैंकिङ प्रणालीभित्रै ७ करोड ८० लाख ६१ हजारबराबरका प्रतिबन्धित ५ सय १ हजारका भारु नोट रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीबाहिर भने करिब साढे ९ अर्ब भारु रहेको अनुमान छ ।