विराटनगरमा पहिलो पटक ‘प्रादेशिक पूँजी बजार प्रदर्शनी’ गर्दै बोर्ड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 03, 2018 | 07:44:27 AM मा प्रकाशित

धितोपत्रसम्बन्धी ज्ञान र आवश्यक सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यका साथ विराटनगरका पहिलो पटक ‘प्रादेशिक पूँजी बजार प्रदर्शनी २०७५’ आयोजना गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले असोज १९ र २० गते विराटनगरको जैन भवनको प्राङ्गणमा दुईदिने बृहत् प्रादेशिक पूँजी बजार प्रदर्शनी गर्ने भएको हो। 

प्रदर्शनीमा १२० वटा धितोपत्र कारोवारका स्टलहरु रहने बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले जानकारी दिए । प्रदेश नं १ मा वित्तीय नयाँ बजारको पहँुच पुगेको अवस्थामा यस क्षेत्रका नागरिकलाई धितोपत्र बजारका बारेमा सम्पूर्ण जानकारी गराउने मूल उद्देश्य रहेको कार्कीले बताए  । 

प्रदर्शनीमा लगानीकर्तासहित लगानकर्ताका लागि जानकारी दिने, धितोपत्र बजार नियमन निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी, क्रेडिट रेटिङ संस्था, सामूहिक लगानी कोष, मर्चेन्ट बैंक, धितोपत्र दलाल व्यवसायी, डिम्याट खाता खोल्ने निक्षेप सदस्यसम्बन्धी सेवा प्रदान गरिनेछ । 

त्यसैगरी प्रदर्शनीमा धितोपत्र बजारसम्बन्धी विभिन्न पुस्तक तथा प्रकाशनको निःशुल्क वितरण तथा प्रदेश तथा स्थानीय निकायको विकास निर्माणका लागि आवश्यक पूँजी परिचालनको सम्भावनका सम्बन्धमा जानकारी दिनेछ । 

प्रदर्शनीमा सहभागी हुन आउने आगन्तुकलाई एकै छानामुनि धितोपत्र र वस्तु विनियम बजारसम्बन्धी विविध जानकारीे बोर्डले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved