बोर्डको निर्देशनलाई नेपाल बैंकले टेरपुच्छर लगाएन, अन्यौलमा एफपीओ सूचीकरण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 05, 2018 | 01:23:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले नियामकको निर्देशन अवज्ञा गर्दै पुरानै ढाँचा अनुसार सेयर सूचीकरणका लागि निबेदन दिएको पाइएको छ। नियामक नेपाल धितोपत्र बोर्डले अन्डरराइट गरिएका सेयर पहिले प्रत्याभूतकर्ताको खातामा जम्मा गरेर मात्र तेस्रो पक्षलाई दोस्रो बजारबाट नामसारी गर्न निर्देशन दिएपनि बैंकले भने पुरानै ढाँचामा सूचीकरणका लागि नेप्सेमा निबेदन दिएको पाइएको हो। 

प्रत्याभूतकर्ता कम्पनीहरुले बैंकको नबिकेको एफपीओ 'नक्कली बजार' मार्फत अरुलाई बिक्रि गरेको पाईपछि बोर्डले कात्तिक ४ गते नै त्यस्तो नगर्न सचेत गराउदै अन्डरराइट गरिएका सेयर पहिले आफ्नो खातामा जम्मा गरेर मात्र तेस्रो पक्षलाई दोस्रो बजारबाट सेयर नामसारी गर्न प्रत्याभूतकर्ता ८ मर्चेण्ट बैंकरहरुलाई निर्देशन दिएको थियो। 

तर बैंकले निर्देशनको बेवास्ता गर्दै तेस्रो पक्षको खातामा नै सेयर जम्मा हुने गरि नेप्सेमा निबेदन दिएकाले सूचीकरणमा ढिलाई भएको नेप्सेले जानकारी दिएको छ। नेप्सेका अनुसार बैंकले फेरी पनि पुरानै ढाँचा, जसलाई धितोपत्र बोर्डले 'गैरकानुनि' भनेको छ, अनुसार सूचीकरणका लागि निबेदन दिएको छ। धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार नै सूचीकरणको लागि निबेदन दिनका लागि फेरी पत्र काटिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बिजपाटीलाई बताएका छन। 

उता बैंकका कम्पनी सचिब केशब भण्डारीले भने आफुहरुले अन्डरराइट गरिएको सेयरमा देखिएको विवाद समाधान गरिसकेको दाबि गरेका छन। 'पुरानो समस्या समाधान भैसकेको छ, हामीले सूचीकरणको लागि नेप्सेमा पठाएका छौँ' कम्पनी सचिब भण्डारीले भने। प्रत्याभूतकर्ता कम्पनीहरुले गलत प्रकृयाबाट सेयर बिक्रि भएको बिषय समाधान भईसकेको दाबि गरेपनि नेप्सेले भने त्यसको खण्डन गरेको छ। 

बैंकले हिजो जुन बिषयमा समस्या थियो, त्यसैलाई निरन्तरता दिएर सूचीकरणका लागि निबेदन दिएको नेप्सेको भनाई छ। धितोपत्र बोर्डको निर्देशन अनुसार बैंकले प्रत्याभूतकर्ताहरुको खातामा सेयर जम्मा गरेर सेयर सूचीकरणका लागि निबेदन दिनुपर्थ्यो तर अभ्यास बिपरित खडा गरिएका सब अन्डरराइटर कम्पनीको खातामा सेयर जम्मा गरेर सेयर सूचीकरणका लागि निबेदन पठाईएको पाइएको छ। 

बैंकको अडान र दम्भका कारण एफपीओ किनेका लगानीकर्ताहरु सम्पति ३ महिना भन्दा लामोसमयदेखि बन्धक भएको छ। एफपीओ बाँडफाँड भएको ३ महिना बितिसक्दा समेत एफपीओं सूचीकरण नहुँदा आम लगानीकर्ताहरुले सेयर कारोबार गर्न पाएका छैनन। यसबाट सरकारी स्वामित्वको नेपाल बैंक प्रति सर्वसाधारणको बिश्वास दिनानुदिन घट्दै गएको छ।  

बैंकले सर्वसाधारणलाई जारि गरेको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता मध्ये ९३ लाख ७५ हजार ७५० कित्ता बिक्रि भएको थियो। तर त्यो बेला ८३ लाख ९ हजार १०८ कित्ता सेयर बिक्रि हुन सकेन र उक्त सेयर नबिके किन्दिछु भनेका सेयर प्रत्याभूतकर्ता ८ मर्चेन्ट बैंकरले सकार्नुपर्ने अवस्था आएको हो। 

बोर्डको कात्तिक १२ को निर्देशन अनुसार अन्डरराइट गरिएको नेपाल बैंकको एफपीओ प्रत्याभूतकर्ताको खातामा ट्रान्सफर गर्नुपर्ने हुन्छ। र त्यसपश्चात मात्र अहिले सब अन्डर भनिएकाहरुको नाममा दोस्रोबजारबाट नामसारी हुनेछ। 

१ करोड कमिसनको खेलले डुबे नेपाल बैंकका सेयरलगानीकर्ता, निकासको बाटो के ?

बोर्डको स्पष्ट निर्देशनपछि पनि कसले रोक्यो नेपाल बैंकको एफपिओ सूचीकरण ? 

सिस्टम बाहिरबाट नेपाल बैंकको सेयर बिक्रि गर्नेमाथि धितोपत्र बोर्डको 'सफ्ट कारबाही'

'नक्कली बजार' खडा गरि नेपाल बैंकको सेयर कारोबार गर्नेमाथि कारबाही सुरु

सीईओ शाहको दम्भले नेपाल बैंकको कन्तबिजोग, कसको स्वार्थमा बज्यो एफपीओको बेमौसमी बाजा ?

५३ प्रतिशत मात्र बिक्यो नेपाल बैंकको एफपिओ, अब ३ दिनमा पनि पुरै नबिके के हुन्छ ?

नेपाल बैंकको २७ प्रतिशत डिभीडेन्ड तरबारको धारमा, कसरि भयो सीईओ शाहको यस्तो कन्तबिजोग ?

करोड पुँजी भएका मर्चेन्ट बैंकले एनएमबि र नेपाल बैंकको नबिकेको अर्बको शेयर कसरी उठाउलान ?

प्रत्याभूतकर्ताकै भरमा नेपाल बैंकको एफपीओ, बिपिसीको घाटा सम्झेर लगानीकर्ताले देखाएनन रुचि

नेपाल बैंकले पायो एफपिओ निष्काशनको अनुमति, प्रिमियम मूल्य कति ?

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved