नेपाल बंगलादेश बैंकको लोगो परिवर्तन गरिएको छ। परिवर्तित लोगो नेपाल बंगलादेश बैंकको मुख्य साझेदार आइएफआईसी बैंकको लोगोसंग मिल्दो जुल्दो रहेको छ।
यस अघि बंगलादेशी साझेदार र जित बहादुर श्रेष्ठ सहितका नेपाली लगानीकर्ताको ५०-५० प्रतिशत संस्थापक सेयर रहेकोमा हाल मुख्य साझेदार रहेको आइएफआईसी बैंकको सेयर स्वामित्व ४२ प्रतिशत हाराहारी रहेकाले नेपाल बंगलादेश बैंकको लोगो समेत आइएफआईसी बैंकसंग मिल्दो बनाइएको हो।