सानिमाको ४५ औ शाखा टिमुरेमा, नेपाल–चीन आयात–निर्यातमा थप सहजिकरणको अपेक्षा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2017 | 05:59:50 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले रसुवाको टिमुरेमा शाखा कार्यालय स्थापना गरि संचालनमा ल्याएको छ। युके एडद्वारा प्रवद्र्धित सक्षम परियोजनाको सहकार्यमा उक्त क्षेत्रमा ४५ औ शाखा कार्यालय संचालनमा ल्याइएको बैंकले जनाएको छ। 

सो शाखा कार्यालयको बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले उद्घाटन गरे। उद्घाटन अवसरमा बैंकका अध्यक्ष श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुबाट निरन्तर सहयोग तथा संरक्षणको अपेक्षा रहेको बताए।

टिमुरे शाखाबाट नेपाल–चीन आयात–निर्यातमा थप सहजिकरणका साथै स्थानीय ग्राहकहरुले गुणस्तरीय सेवा पाउने अपेक्षा गरिएको छ। सानिमा बैंकले सबल अनि विश्वसनीय बैंकको रुपमा मेची देखी महाकाली सम्म आफ्नो ब्यवसाय बिस्तार गर्ने बिश्वास गरिएको छ।   

टिमुरेमा संचालनमा ल्याइएको शाखासंगै सानिमा बैंकको कुल शाखा संख्या ४५ पुगेको छ। हाल बैंकले ४५ शाखा कार्यालय, ५० वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

यस अवधिमा बैंकको पुंजी कोष १२ दशमलब ३६ प्रतिशत, खराब कर्जा अनुपात शुन्य दशमलब ०२ प्रतिशत र कर्जा निक्षेप अनुपात ७६।०७ प्रतिशत रहेको बैंकका प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले जानकारी दिएका छन। 


 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved