मञ्जुश्री फाईनान्सले कारोबार विस्तारको क्रममा बाँके जिल्लाको नेपालगंज स्थित सुर्खेत रोडमा नयाँ शाखा संचालनमा ल्याएको छ। यस संगै मञ्जुश्री फाईनान्सको शाखा संख्या ८ पुगेको छ।
आठौ शाखाको रुपमा संचालनमा ल्याइएको यस शाखाको फाइनान्सका प्रमुख प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाले उद्घाटन गरे। सेवा विस्तार गरि कारोबार बढाउने क्रममा मन्जुश्रीले केहि दिन अघि मात्रै छैटौ शाखा कार्यालय सुनसरी जिल्लाको इटहरी स्थित धरान रोड,इटहरीमा तथा सातौ शाखा मोरङ्ग जिल्लाको बिराटनगर स्थित महेन्द्रचौक ,बिराटनगरमा संचालनमा ल्याएको थियो।
काठमान्डौ नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको मन्जुश्रीको चितवन –नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, तथा धनगढी मा शाखाहरु रहेका छन्। संचालनमा ल्याइएका नयाँ शाखा कार्यालयबाट ग्राहकहरुले एसएमएस बैंकिङ तथा सम्पूर्ण फाइनान्स सेवा पाउने छन।
यी शाखा मार्फत फ़ाइनान्सले सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी फाइनान्स सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य लिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत संतोष निरौलाले जनाएका छन।
चालु आर्थिक बर्षको यस अवधिसम्म फाइनान्सले ३ अर्ब ३५ करोड निक्षेप संकलन गरि ३ अर्ब २२ करोड कर्जा प्रवाह गरेको छ। गत आर्थिक बर्षको कमाईबाट १४ प्रतिशत बोनस सेयर वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी २८ करोड ५७ लाख रुपैयाँ पुगेको छ। फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।