व्यवसायी मैत्री ऐन नियम जारी नभए संघर्षमा उत्रिने निर्माण व्यवसायी महासंघको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2021 | 03:11:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायी मैत्री ऐन नियम जारी नभए महासंघ संघर्षमा उत्रने चेतावनी दिएका छन् । 

महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिको दशौं भेलालाई सम्बोधन गर्दै अध्यक्ष सिंहले व्यवसायी मैत्री ऐन नियमको अभावमा निर्माण उद्योगमा धेरै चुनौती थपिएको बताएका हुन् । खरिद ऐन संशोधनको अन्तिम प्रक्रियामा रहेको अवस्थामा त्यसलाई पूर्ण व्यवसायी मैत्री बनाउन महासंघ नेतृत्वले इमान्दार प्रयास गरिरहेको अध्यक्ष सिंहले बताए ।

महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष रमेश शर्माले निर्माण उद्योगलाई मर्यादित तथा व्यवस्थित बनाउन सबैको इमान्दार प्रयास आवश्यक भएको धारणा राखे । लो बिडिङका कारण निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै उनले नीतिगत रूपमै लो बिडिङ अन्त्य हुनुपर्ने बताए । 

महासंघका अर्का सल्लाहकार तथा पूर्व अध्यक्ष सुकुन्तलाल हिराचनले निर्माण उद्योगमा धेरै चुनौति देखिएको अहिलेको अवस्थामा पेशागत हक हितका लागि सबै एक हुनुपर्ने विचार राखे । 

महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले विभिन्न समस्यासँग जध्दै भएपनि नेपालका निर्माण व्यवसायीहरूले उत्कृष्ट काम गरिरहेको बताए । महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिका संयोजक समेत रहेका भएका महासंघका उपाध्यक्ष आङ दोर्जी लामा (एडी) ले महासंघको विकास विस्तारमा एसोसिएट सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।

महासंघका महासचिव रोशन दाहालले एसोसिएट सदस्यहरू महासंघको ‘मुटु’ भएको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved