सरोकारवालासँग छलफल गरेर मात्रै गुठी सम्बन्धी कानुन निर्माण : मन्त्री श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2021 | 10:37:29 AM मा प्रकाशित

laxmi  sunrise bank

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी समस्याको दिर्घकालिन रुपमा समस्या समाधान हुनु पर्ने बताएकी छन्।मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा गठीसँग मम्बन्धीत सरोकारवालहरुसँग मन्त्रालयमा भएको पहिलो चरणको छलफलमा मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन्। 

सांस्कतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै बैज्ञानिक ढंगले व्यवस्थित गर्दै लैजान आवश्यक रहेको उनले बताईन। उनले  गुठी सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवाला र सम्बद्ध निकायसँग छलफल गरेर समस्या समाधान हुने गरी अगाडी बढ्ने पनि बताइन। 

गुठीसँग सम्बन्धित सरोकारवालहरुले गुठी सम्बन्धी बुझाइमा स्पष्ट हुनु पर्ने, यो सांस्कृतिक सम्पदासँग जोडिएको विषय भएकाले यसलाई पछिसम्म फरक नपर्नेगरी समाधान गर्नु पर्ने सुझाव दिएका छन्।

मन्त्री श्रेष्ठले मन्त्रालयसँग सम्बन्धित मुक्त हलीया, कमैया, कमलरी र सुकुम्बासीका प्रतिनिधिहरुसँग यसअघि नै छलफल गरिसकेकी छन्।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved