गरिमा बिकास बैंकका अध्यक्ष र संचालक मेयर पदमा निर्वाचित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 18, 2017 | 10:03:24 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा बिकास बैंकका अध्यक्ष र संचालक स्थानीय तहको निर्वाचनमा मेयर पदमा निर्वाचित भएका छन। नेपाली कांग्रेसबाट उम्मेदवारि दिएका  गरिमा बिकास बैंकका अध्यक्ष दिलिप प्रताप खांड स्याङजाको वालिङ नगरपालिकाबाट मेयर पदमा निर्वाचित भएका हुन् भने संचालक हरिकुमार श्रेष्ठ म्याग्दीको बेनी नगरपालिकाबाट मेयर पदमा निर्वाचित भएका हुन। 

वालिङ नगरपालिकाको मेयर पदमा निर्वाचित भएका खांडले १० हजार ६ सय मत प्राप्त गरि बिजयी भएका हुन। खांडले नेकपा एमालेबाट मेयर पदका प्रत्यासी पुण्यप्रसाद अर्याललाई पराजित गरेका हुन्। अर्यालले ८ हजार ७ सय ४९ मत प्राप्त गरे। 

त्यस्तै म्याग्दीको बेनी नगरपालिकाको मेयर पदमा निर्वाचित भएका हरिकुमार श्रेष्ठले ५ हजार ६ सय ७९ मत प्राप्त गरि बिजयी भएका हुन। श्रेष्ठले नेकपा एमालेबाट मेयर पदका प्रत्यासी प्रमोद श्रेष्ठलाई पराजित गरेका हुन। श्रेष्ठले ५६३४ मत प्राप्त गरेका थिए।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved