चीनले नेपाललाइ अनुदानमा दिने भनेको ब्रुमर १० दिन भित्रमा नेपाल आइपुग्ने भएको छ । उक्त ब्रुमर चीनको छिन्दु नगरले काठमाडौँ महानगरपालिकालाइ अनुदान दिएको हो ।
छिङदु नगरले काठमाडौं महानगरपालिकालाई २ वटा ब्रुमर अनुदानमा दिन लागेको हो । ब्रुमर चीनबाट नेपालको लागि छुटिसकेको महानगरले जनाएको छ ।
चीनले पठाउन लागेको युरो ४ मापदण्ड रहेको ब्रुमरको लम्बाई ८।६ मिटर र चौडाइ ३।५ मिटर रहेको छ । नयाँ आउने ब्रुमरले एक घण्टामा ३ देखि २० किलोमिटर सडक सफा गर्न सक्ने छ ।