पारिवारिक कार ‘सुजुकी सेलेरियो’ सार्वजनिक , कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2022 | 09:15:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारीको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन, सीजी मोटोकर्पले पारिवारिक कार, सुजुकी सेलेरियो’ सार्वजनिक गरेको छ । यो कार सबैभन्दा धेरै इन्धन प्रभावकारी रहेको बतार्यएको छ ।

सर्वाधिक माइलेज दिने सो गाडीको ‘लो रनिङ कष्ट’का कारण, बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धि  भारबाट केहि राहत मिल्ने कम्पनीको बिश्वास रहेको छ ।नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ  । 

सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्त भन्छन्, “सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो , न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ ।’

विशेषता

यसले थ्री डी अर्गानिक स्कल्प्ड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ । स्टाइलिश थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइन ले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ। एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ । १५ (३८.०२ सेन्टीमिटर) अर्बन कालो अल्लो पाङ्ग्रा र अगाडिको फग ल्याम्पले यसमा  जीवन्त शैलीको आकर्षण थप्दछ ्र

नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो केबिन विचारपूर्वक डिजाइन गरिएको छ । स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम फिल दिएको छ।  उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले  भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ ।

मूल्य

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved