महिन्द्रा केयर फेस्ट २०२२ आयोजना हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2022 | 01:54:30 PM मा प्रकाशित

laxmi  sunrise bank

महिन्द्रा फोरह्वीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कशले फाल्गुन २२ गतेदेखि फाल्गुन २७ गतेसम्म महिन्द्रा केयर फेस्ट आयोजना गर्दैछ । 

यस ४५–पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज​, फ्रि हेल्थ चेकअप​, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशत छुट तथा एक्सेसरीजमा २५ प्रतिशतसम्म छुटको लाभ लिन सकिनेछ । 

महिन्द्राका ग्राहकवर्गले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा ग​ई यस केयर फेस्टमा सहभागी हुन सक्नेछन् । महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ । 

ग्राहकहरुले केयर फेस्टमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि सम्पर्क गर्न सक्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved