लक्ष्मी ल्युबद्वारा टोटल इनर्जीको रिटेलर तथा मेकानिक भेला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2022 | 09:16:05 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी गु्रपले टोटल इनर्जिज (लुब्रिकेन्ट) को रिटेलर्स र मेकानिक्स भेलाको आयोजना गरेको छ । नेपालको स्थापित ट्रेडिङ्ग कम्पनीका रुपमा लक्ष्मी ग्रुपले २०० भन्दा बढी रिटेलर्स र मेकानिक्ससँग ‘रिटेलर्स एण्ड मेकानिक्स मिट’ मार्फत अन्तरक्रिया गरेको हो ।

महाराजगंज देखि कलंकी एरीयाका लागि टोटल इनर्जिका विक्रेता सुनकोशी ईन्टरप्राइजेज प्रा. लि. र लक्ष्मी ल्युव आयल प्रा. लि. को सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । 

सुनकोशी ईन्टरप्राइजेज प्रा.लि.का म्यानेजिङ डाइरेक्टर राम शरण कार्कीको अध्यक्ष्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा लक्ष्मी कमर्सियल भेहिकल्स प्रा. लि. तथा अटोकम्पोनेन्टका अपरेसन डाइरेक्टर कपिल शिवाकोटी,  प्रमूख अतिथिको रुपमा नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपाने र लक्ष्मी ल्युव आयल प्रा.लि. का विजनेस हेड रविन्द्र उपाध्याय अतिथिको रुपमा थिए ।

कार्यक्रममा टोटल इनर्जीद्वारा उत्पादित बिभिन्न सेग्मेन्ट र साइजमा उत्पादित टोटल लुब्रिकेन्टहरुको बारेमा जानकारी पनि दिईएको थियो ।  सन् २०२२ का लागि रिटेलर्स स्किम पनि सार्वजनिक गरिएको थियो ।

लक्ष्मी ल्युव आयलले विगत ३ वर्ष देखि टोटल इनर्जिज (लुब्रिकेन्ट) को आधिकारीक विक्रेताको रुपमा आफ्नो ब्यवसायको संचालन गरिरहेको छ, जसमा मोटरसाइकल, पेसेन्जर कार, बस, ट्रक, टिपर, ट्राक्टर, ग्रीज र ईन्डष्ट्रियल गरि ६ वटा सेग्मेन्ट अन्तर्गत ७३ वटा प्याक साईज उपलब्ध छन् । 

यसको प्रोडक्ट्सन प्लाण्ट विश्वभरी ४२ वटा देशमा रहेका छन् साथै १६० भन्दा बढि देशहरुमा ब्रिक्री वितरण हुने गरेको छ । 

लक्ष्मी गु्रप अटोमोटिभ्स डिभिजन हुन्डाई, बि.एम.डब्ल्यू, एस.एम.एल.ईसुजु, हिड्रोमेक, हिरो ईलेक्ट्रिक, टाटा ग्रीन ब्याट्रिज, ट्रायङ्गल टायर र टोटल इनर्जिज जस्ता ब्राण्डको नेपालका लागि आधिकारीक विक्रेता हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved