गाडी आयात रोकिएको विषयमा व्यवसायीले भेटे अर्थमन्त्री, अर्थमन्त्रीले भने, ‘नआत्तिनुस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2022 | 06:17:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले गाडीको आयात रोकिएको विषयमा अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको छ । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मासंग भेट गरेको हो । 

मन्त्री शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाई गरिएकाले नअत्तालिन व्यवसायीलाई भनेका छन् । 

‘अहिले देशको अर्थतन्त्र अलि दबाबमा छ । यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने बेला हो’ उनले भने, ‘निजी सवारी साधन आयातमा गरिएको कडाईप्रति आपत्ती नजनाउनुहोला । यो केही समयका लागि मात्र हो ।’ 

अर्थमन्त्री शर्माले अर्थतन्त्रका बारेमा अनावश्यक टिप्पणी भइरहेको भन्दै सुदृढ आर्थिक व्यवस्थाका लागि सरकार क्रियाशील भइरहेको बताए । 

‘अहिले अर्थतन्त्रका नाममा राजनीतिकरण भइरहेको छ, यो सर्वथा गलत हो’ मन्त्री शर्माले भने ।

भेटमा अध्यक्ष थापाले हालै नाडाले संकलन गरेको तथ्याङ्क प्रस्तुत गर्दे ३ खर्ब ५० अर्व भन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्ब ५० अर्ब भन्दा बढी राजश्वमा योगदान पु¥याउदै आएको र अटोमोबाइल्स क्षेत्रले देशको प्रत्यक्ष रोजगारीमा हाल ९८ हजार भन्दा बढीलाई अवसर दिएको बताए । 

सोही क्रममा अध्यक्ष थापाले प्रतितपत्र खोल्ने सम्बन्धमा बैंक तथा वित्तिय निकायहरुले गरिरहेको अवरोध खुलाउन आग्रह गरेका छन् । उनले काठमाडौँमा राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनहरुको प्रदर्शनीका लागि उपयुक्त स्थानको अभाव रहेको हुँदा अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रर्दशनी स्थलको निर्माणका लागि बजेट विनियोजन गरिदिन आग्रह गरेका छन् । 

छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारी साधनहरुको आयात बन्द हुंदा देशमा पर्न सक्ने असरहरुबारे मन्त्रीलाई विस्तृत रुपमा जानकारी गराएका थिए । छलफलमा अर्का उपाध्यक्ष सुनिल रिजालले नेपालका सिमानाकाहरुबाट हुने स्पेयर पार्टस्को चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष निगरानीको व्यवस्थाको लागि समेत आग्रह गरे ।

महासचिव सुरेन्द्र उप्रेतीले नेपालमा अटोमोवाइल उद्योग स्थापनाका लागि उपयुक्त बातावरण तयार गरि दिन आग्रह समेत गरेका छन् । नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय आकाश गोल्छा, अभिक ज्योति, निशान ढकाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved