नाडा अटो शो स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2022 | 07:25:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ७ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने गरी तयारी गरेको ‘नाडा अटो शो–२०२२’ स्थगित भएको छ । नाडा कार्यसमितिको आज बसेको बैठकले अटो शो स्थगितको निर्णय गरेको हो ।

सरकारले बैशाखदेखि असार मसान्तसम्म सवारी आयातमा लगाएको प्रतिबन्धलाई साउन १ गतेदेखि भदौ १४ गतेसम्म निरन्तरता दिएपछि अटो शो स्थगित भएको हो । 

विदेशी मुद्राको सञ्चितीमा क्रमशः दबाब परिरहेको भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १ गते राजपत्रमा सूचना जारी गरेर १५० सीसी क्षमतामाथिका मोटरसाइकलसहित ४ पाङ्ग्रे सवारी साधनको आयात भदौ १४ सम्म लम्ब्याएको छ ।

सरकारले भदौ १४ पछि पनि हालको निर्णयलाई निरन्तरता दिए सिजनमै गाडी सहितका सवारी साधनको ब्यापार बन्द हुनेछ भने नाडा अटो शा पनि आयोजना हुने छैन । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved