सुजुकीको नयाँ स्कुटर सोमबारदेखि बजारमा , यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2022 | 09:43:45 AM मा प्रकाशित

laxmi  sunrise bank

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ भदौ ६ सोमबार  नेपाली बजारमा औपचारिक रुपमा सार्वजनिक हुने भएको छ । नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस १२५ स्कुटर औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको हो । 

नयाँ स्कुटीले प्रिमियम स्कुटर सेगमेन्टमा नयाँ पहिचान कायम गर्ने र नेपाली बजारमा सुजुकीको स्थानलाई अगाडि बढाउने अपेक्षा कम्पनीले गरेको छ। कम्पनीका अनुसार स्कुटरमा अत्याधुनिक प्रविधि र सुरक्षा  फिचर रहेको छ । सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको र यसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ। 

कम्पनीले भनेको छ 'स्कुटीको मूख्य फिचरको रुपमा चार्जिङ पोर्ट, डिजिटल कन्सोल, एलइडी हेडल्याम्प र टेलल्याम्प, एलइडी डिआरएल छन् । यो स्कुटरको फ्रन्टमा ग्लोवबक्स, साइड स्ट्यान्ड इन्जिन कट फिचर पाउन सकिन्छ । स्कुटरको कुल वजन १०६ किलोग्राम छ । '

कम्पनीले सुजुकीको आधिकारीक शोरुममा सम्पर्क गरेर स्कुटर बुकिङ गर्न सकिने जनाएको छ | कम्पनीले नयाँ स्कुटीको सिधा प्रतिस्पर्धा टीभीएस एनटर्क १२५ सँग हुने बताएको छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved