सुजुकीको एभेनिस स्कुटर बजारमा, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2022 | 03:03:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारीक विक्रेता भिजि अटोमोबाइल्स प्रालिले सुजुकीको एभेनिस स्कुटर सार्वजनिक गरेको छ । भिजि अटोमोबाइल्सका प्रबन्ध निदेशक निकुन्ज अग्रवाल, सुजुकी मोटर्स इन्डियाका म्यानेजर तथा अन्तराष्ट्रिय मार्केटिंग प्रमुख शंशांक तलवार, र भिजि अटोमोबाइल्सका महाप्रबन्धक धिरज भट्टराईले  संयुत्त रुपमा स्कुटी अनावरण गरेका हुन्।

नयाँ जेनेरेशनलाई लक्षित गरि यो स्कुटी बजारमा ल्याइएको कम्पनीले जनाएको छ। स्कुटीले प्रिमियम स्कुटर सेगमेन्टमा नयाँ पहिचान कायम गर्ने र नेपाली बजारमा सुजुकीको स्थानलाई अगाडि बढाउने अपेक्षा कम्पनीले गरेको छ।

कम्पनीका अनुसार स्कुटरमा अत्याधुनिक प्रविधि र सुरक्षा  फिचर रहेको छ । सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको र यसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ। 

कम्पनीले भनेको छ 'स्कुटीको मूख्य फिचरको रुपमा चार्जिङ पोर्ट, डिजिटल कन्सोल, एलइडी हेडल्याम्प र टेलल्याम्प, एलइडी डिआरएल छन् । यो स्कुटरको फ्रन्टमा ग्लोवबक्स, साइड स्ट्यान्ड इन्जिन कट फिचर पाउन सकिन्छ । स्कुटरको कुल वजन १०६ किलोग्राम छ । '

कम्पनीले सुजुकीको आधिकारीक शोरुममा सम्पर्क गरेर स्कुटर बुकिङ गर्न सकिने जनाएको छ | कम्पनीले नयाँ स्कुटीको सिधा प्रतिस्पर्धा टीभीएस एनटर्क १२५ सँग हुने बताएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved