ईभी एक्सपोमा यी ब्राण्डले भाग लिने पक्का, हेर्नुहोस्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2022 | 06:37:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एसोसियसनले पहिलो पटक आयोजना गर्न लागेको ईभी एक्सपो २०२२ मा २२ वटा ईभी ब्राण्डहरुले भाग लिने भएका छन् । 

नाडाका अनुसार ८ वटा ४ पाङ्ग्रे र १४ वटा २ पाङ्ग्रे ईलेक्ट्रिक भेहिकल ब्राण्डले एक्सपोमा भाग लिन स्टल बुकिङ गरेका छन् । 

४ पाङ्ग्रेमा टाटा, हुण्डाई, किया, बीवाईडी नयाँ मोडल लिएर एक्सपोमा आउँदै छन् । 

२ पाङ्ग्रे ईभी सवारीले पनि भाग लिँदैछन् । नाडाका अध्यक्ष ध्रुब थापाका अनुसार यसपाली नेपालमै बनेको विद्युतीय मोटरसाइकल ‘यात्री’लाई एक्सपो मार्फत विशेष प्रोत्साहन गरिनेछ ।

स्पेयर पार्टस्, टायर, ट्युव र लुब्रिकेन्ट कम्पनीहरुले पनि एक्सपोमा सहभागि जनाउने छन् । 

ईभी अटो एक्सपोका संयोजक अनुप बरालका अनुसार बैंक तथा वित्तीय संस्थाको पनि सहभागीता रहने छ । 

ईभी एक्सपो असोज ६ गतेदेखि ९ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुनेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved