एरोमा डर्ट बाईक सार्वजनिक गर्दै आरोग्य मोटर्स, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2022 | 04:03:22 PM मा प्रकाशित

laxmi  sunrise bank

विगत ५ बर्षदेखि विभिन्न सवारीसाधन आयात गरी बिक्रि गर्दै आइरहेको आरोग्य मोटर्सले निकट भविष्यमा २ सय सिसि क्षमताको डर्ट बाईक बजारमा ल्याउने भएको छ । 

कम्पनीले नेपालको भौगोलिक अवस्था र सडकका लागि उक्त डर्ट बाईक उपयुक्त हुने दाबी गरेको छ ।

चीनमा उत्पादन गरेर नेपाली ब्राण्ड (एरोमा) को नाममा तीन पाँग्रे सवारीसाधन आयात गर्दै आइरहेकोमा दुई पाँग्रे सवारीसाधन पनि एरोमा नै ब्राण्ड नेम राखेर आयात तथा बिक्रि वितरणको व्यवस्था मिलाएको बताइएको छ । 

नेपालका अधिकाँस सडकहरु कच्चि, अर्धकच्चि तथा ग्राभेल र खाल्डाखुल्डी हुनाले बाईकको ग्राउण्ड क्लियरेन्स अधिक हुनुपर्ने वाध्यताले गर्दा यस बाईकको ग्राउण्ड क्लियरेन्स २८० एमएम रहेको दाबी गरिएको छ । त्यसै गरी त्यस्ता सडकहरुमा उकालो ओरालो बढी हुने हुनाले यो बाईक २ सय सिसि क्षमताको रहेको छ । 

एअर कुल्ड सहित सिंगल सिलिण्डरको ईन्जिन रहेको यो बाईकले ८६०० आरपिएममा १४.८ एचपि पावर सिर्जना गर्छ भने ६५०० आरपिएममा १४.९ एनएम टर्क सिर्जना गर्दछ । नेट तौल ११५ किलोग्राम रहेको यो बाईकले एक लिटर पेटोलमा ४० किलोमिटर भन्दा बढीको माईलेज प्रदान गर्दछ ।

पहिलो चरणमा एरोमा डर्ट बाईकको १ मोडेल र २ रङ्गहरुमा बजारमा उपलब्ध हुनेछन् ।  

हाईडोलिक सस्पेन्सन सहितको आरामदायक यो बाईकमा १७ इन्चको स्पोक व्हिल दिइएको छ । १२ लिटरको फ्युल ट्यांक भएकाले लामो यात्राका लागि अति उपयुक्त मान्न सकिन्छ ।

एरोमा बाईकलाई यसै बर्षको भदौ मसान्त भित्रबाट नै बिक्रिको लागि बजारमा ल्याउने हाम्रो प्रयास रहनेछ । त्यसका लागि हाल हामिसँग जोडिएका डिलर नेटवर्क र हाम्रा शाखा कार्यालय तथा थप जोडिने डिलरहरुबाट बिक्रिका लागि व्यवस्था मिलाइनेछ ।

हालसम्म दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न शहर तथा बजारमा हाम्रो डिलर तथा शाखा कार्यालयहरु रहेका छन् भने अन्य शहरमा नयाँ डिलर नियुक्तिको प्रकृया अघि बढाइएको छ । निकट भविष्यमा काठमाण्डौं उपत्यका लगायत नेपालका सातैवटा प्रदेशमा हाम्रा डिलरहरु विस्तारको तयारी भइरहेको छ कम्पनीका सेल्स एण्ड मार्केटिङ्ग प्रमुख शंकर शर्माले जानकारी दिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved