काठमाडौँदेखि मन्थलीसम्म बिजुली बस चल्न थाल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2022 | 02:11:04 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबारबाट काठमाडौँ–मन्थली बिजुली बस सञ्चालनमा आएको छ ।

दोलखा भिमेश्वर यातायात प्रा।ली।ले आजबाट काठमाडौँदेखि मन्थली हुँदै मालुखोलासम्म चल्ने गरी बिजुली बस ९माईक्रोरहायस० सञ्चालनमा ल्याएको हो । बुधबारबाट रुट परमिट लिएर गाडी सञ्चालनमा आएको मन्थलीबाट सुदिप थापाले जानकारी दिए ।

थापाका अनुसार १२ सिट क्षमताको यो बिजुली बसको भाडा पनि सस्तो हुनेछ । हाल डिजेलबाट चल्ने हायस गाडीले काठमाडौँबाट मन्थली सम्मको भाडा प्रति व्यक्ति ७ सय रुपैयाँ लिँदै आएकोमा बिजुली बसले यो भन्दा केही कम लिनेछ । भाडादर भने कम्पनीको बैठक बसेर टुंगो लगाईने बताईएको छ ।

यो बिजुली बस एक पटकको फूल चार्जमा २५० किलोमिटर निर्धक्क सँग गुड्ने बताईएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved