होण्डाको दशैँ अफर : ७ लाखसम्म क्यास ब्याक, १५ लाखसम्म जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2022 | 06:09:38 PM मा प्रकाशित

laxmi  sunrise bank

होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डाको दशैंको शुभ लाभ” नामक दशिया उपहार योजना सार्वजनिक गरेको छ । यो योजना २०७९ भाद्र २० गते देखि सुरु भई सीमित अवधि सम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले  स्क्याच कुपन मार्फत ७ लाख सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु, ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले ७ लाख, र  बम्परमा लक्की ड्र मार्फत १५ लाख नगद उपहार जित सक्ने छन् । यसको साथै इजी फाइन्यान्सको पनि सुविधा रहेको कम्पनीले जनाएको छ ।

 नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved