नयाँ वर्षमा अइमा स्कुटर किन्दा २५ हजारसम्म छुट, सित्तैमा हेलमेट पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2023 | 06:36:11 PM मा प्रकाशित

laxmi  sunrise bank

आउदो नयाँ वर्ष २०८० सालको अवसरमा अइमा स्कुटरको बिक्रेता हिमाल इभि मोटर्स प्रा. लि.ले छुट योजना ल्याएको छ । कम्पनीको बम्पर छुट योजना विभिन्न मोडलका स्कुटरहरुको खरिदमा लागू हुनेछ ।

ग्राहकहरूले १ लाख ८४ हजार मूल्य पर्ने टिगर एस–५ मोडल खरिद गर्दा २४ हजार र ३ लाख ३० हजारको टिगर एक्स६११ मोडल खरिद गर्दा २५ हजार छुट पाउने छन् । यी दुबै मोडेलहरुको छुट पछिको मुल्य क्रमशः रु. १ लाख ६० हजार र ३ लाख ५ हजार पर्नेछ । हरेक स्कुटरको खरिदमा एउटा हेलमेट सित्तैमा उपहार पनि पाउन सकिनेछ ।

साथै चालु आर्थिक वर्षको करसमेत बिक्रेताले नै भुक्तान गरी दिनेछ । 

यसैबीच ग्राहकहरुले हाल प्रयोग गरिरहेका जुनसुकै कम्पनीका पेट्रोल वा विद्युतबाट चल्ने पुराना बाइक तथा स्कुटरहरु साट्न पनि सक्नेछन् । 

यो बम्पर छुट र उपहार योजना चैत १५ गते देखि २०८० बैशाख ३१ गतेसम्मको लागू रहनेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved