हुन्डाई 'एक्सटर' सार्वजानिक, कहिले खुल्ला बुकिङ्ग ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2023 | 02:08:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी कन्टरण्टिनेन्टलले हुन्डाईको एक्सटर सार्वजानिक गरेको छ । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डवमा सुरु भएको नाडा अटो शोको अवसरमा कम्पनीले उक्त गाडी सार्वजानिक गरेको हो । 

सार्वजानिक गाडीको लागि चाँडै नै बुकिङ्ग खुला गर्ने कम्पनीले जनाएको छ । अर्थमन्त्री प्रकाश शरण महतले अनावरण गरेको उक्त हुन्डाईको एक्सटर ५ सिटर कम्प्याक्टर रहेको छ । कम्पनीले चार भेरियन्टमा यो गाडी ल्याउने जनाएको छ ।

इस गाडीमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिएको एसी भेन्ट, इनकोटेन्टमेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ्ग ह्वील र डिजिटल क्लष्टर पाउने सकिने कम्पनीले जनाएको छ । 

ह्ुन्डाई एक्सटरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, इलेक्ट्रिक शनरुफ, टायर प्रेसर मोनिटरिङ्ग सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री जस्ता फिचर दिएर फुल्ली लोडेड एसयूभी बनाइएको कम्पनीको दाबी छ । 

बक्सी डिजाइनमा रहेको एक्सटरमा ९.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा  आकर्षक DRLs दिइएको छ । १८५ एमएम ग्राउन्ड क्लेयरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेव पाउन सकिने साथै ६ कलर अप्सनमा आउने कम्पनीको भनाई छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved