यामाहाद्वारा एफजेड एस भी ३ को नयाँ अवतार सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2023 | 07:54:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले FZ-S FI V3 को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ। यो मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिश तत्व थपेको छ। FZ-S FI V ३.० उत्कृष्ट ह्यान्डलिंग र मस्कुलर डिजाइनका लागि प्रतिष्ठित छ। फ्युल इन्जेक्शन १४९ सीसी सहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित FZ-S FI भर्सन ३.० मा एयर-कूल्ड फोर-स्ट्रोक १४९ cc SOHC, दुई-भल्भ, एकल-सिलिन्डर ईन्धन-इन्जेक्टेड इन्जिन माउन्ट गरिएको छ जुन रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाईलो अनुभूतिलाई थप रोमान्चक गर्न अद्यावधिक गरिएको छ। यसबाहेक, यो मोटरसाइकल डुअल डिस्क ब्रेक र अगाडि एकल च्यानल एबीएसले सुसज्जित रहेको कम्पनीले जनाएको छ।

एमएडब्लू ईन्टरप्राइजेज, टू व्हिलर डिभिजनका सीईओ राजु क्षेत्रीले भने , "FZ-S V3 धेरै मोटरसाइकल प्रेमीहरूको मनमा बस्न सफल मोडेल  हो। त्यसैले हामी यसको नयाँ रङ विकल्पहरू, नेभी ब्लू र मेटालिक ग्रे तथा राइडिङको अनुभव बढाउने रोमाञ्चक अपडेटहरू सहितको नयाँ भेरियन्ट सार्वजनिक गर्न पाउँदा हर्षित छौं। नयाँ डिलक्स संस्करणले यामाहाको स्पोर्टीनेस, स्टाइल र उत्साहका विशेषताहरूलाई साँच्चै झल्काउने छ। यामाहा FZ-S ले सधैं आफ्नो दायरा फराकिलो पार्दै प्रदर्शन र शैलीको सन्दर्भमा उत्कृष्ट प्रदर्शन गर्ने गरेको छ। हामी नेपाली बजारमा यी अपडेटहरू ल्याउन पाउँदा अत्यन्त खुसी छौं। हाम्रा राइडरहरूले उत्कृष्ट देखिने मात्र नभई रमाइलो राइडिङको अनुभव पनि प्रदान गर्ने मोटरसाइकलको प्राप्त गर्दै छन्।"

यामाहा एफजेड सिरिजले नेपाली बजारमा २००८ देखि  छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved