सिट्रोनको फेस्टिभ स्किम, नगद सहित बीमा र करको सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2023 | 12:51:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ । नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकहरुको लागि २५,००० रुपैँयासम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

भृकृटीमन्डपमा मंगलबारदेखि सुरू भएको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । यो स्किम अन्तर्गत सिट्रोन सि३ किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पनि पाउन सक्नेछन् ।

त्यस्तै गरी सिट्रोनको विद्युतिय गाडी इ सि३ खरिद गर्न चाहने ग्राहकवर्गह?ले पनि निःशुल्क बीमा र निःशुल्क सडक कारको सुविधा पनि प्राप्त गर्न सक्नेछन् । 

यी अफरहरुको साथै ग्राहकवर्गले नाडा अटो शो भरी निशुल्क कार वासर पनि प्राप्त गर्न सक्नेछन् । नाडा अटो शो शनिबारसम्म चल्नेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved